इटहरीः मोरङको सुनवर्षी नगरपालिका–८ मा पानी जमेको खाल्डोमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नारायण राजवंशीका ५ वर्षीय छोरा उमंग राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सोमबार साँझ घरनजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबी बालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।