इटहरीः उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएका १३ वर्षीय विशाल सार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घरनजिकै रहेको जंरगेडाँडा भीरमा बाख्रा चराउन गएका बालकको आइतबार अपरान्ह ४ः४५ बजे सोही भीरबाट लडेर मृत्यु भएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।