इटहरीः सुनसरीको कोशी गाउँपालिका–५ का एक ९ वर्षीय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अजल मियाँका ९ वर्षीय छोरा ईर्फान मिया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आइतबार दिउँसो ३ः०० बजे घरनजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाइते भएका मियाँको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । घटनालगत्तै जिल्ला घटनास्थलमा परिचालित स्थानीय प्रहरीले घटना सम्बनधमा अनुसन्धान सुरु गरेको एसपी राईले जानकारी दिए ।