इटहरीः सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका –१ खरिखोलाका ३३ वर्षीय रिन्जी पासाङ शेर्पाको भ¥याङबाट लडेर मृत्यु भएको छ ।
सोताङ गाँउपालिका ५ मा रहेको वीरेन्द्र ज्योति माध्यमिक विद्यालयको निर्माणाधीन भवन निर्माणमा मिस्त्रीका रुपमा कार्यरत रही सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आइतबार राति ११ बजे भ¥याङबाट लडेर कञ्चटमा चोट लागी गम्भिर घाइते भएकोमा उपचारार्थ प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएका उनको उपचारको क्रममा आज बिहान १२ः१५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।