इटहरीः पाँचथरको याङवरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय विपल योङहाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आइतबार दिउँसो १२ः३० बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपता भएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।