इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १ आँपगाछिस्थित कोसी राजमार्गमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा ज्यान गएको छ ।
को १ क ३४४१ नम्बरको दुध बोक्ने गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका सुन्दरहरैँचाका २७ वर्षीय नरेश यादवको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुवै सवारी उत्तरबाट दक्षिणतर्फ गइरहेकोमा ट्रकको ठक्करबाट घाइते भएका यादवको आज अपराहन्न करिब ४ः०० बजे ज्यान गएको हो । दुर्घटनाको कारण तिव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाउँदै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।