इटहरीः नेपालको अग्रणी जीवन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय केराबारी मोरङले मृतकको परिवारलाई मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको एजेन्सी कार्यालय केराबारीले एक कार्यक्रम गरी आइतबार दुई मृतकका परिवारलाई १५ लाख ४८ हजार ८ सय ७५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीबाट म्यादी बीमा गरी वैदेशिक रोजगारमा गएका साँघुरीगढी गाउँपालिका ५ ध्वजेका बीमित माइकल राईको दुर्घटनामा परी निधन भएकाले मृतकका श्रीमति जीतमाया राइलाई प्रदान गरिएको १४ लाख रुपैयाँको चेक केराबारी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं.१० का वडाध्यक्ष जंगराज खवास र एजेन्सी कार्यालय प्रमुख किसन शाहीले संयुक्त रुपमा मृतकका काका किशोर राईलाई चेक हस्तान्तरण गरेका हुन् । त्यसैगरी कम्पनीमा जीवन अमृत बीमालेख जारी गरी १ लाखको बीमा गरेका वीरेन्द्रकुमार लिम्बूको निधनपश्चात उनकी श्रीमति सुर्यकला लिम्बुलाई पनि १ लाख ४८ हजार ८ सय ७५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । वार्षिक १० हजार ८ सयका दरले ३ किस्ता वुझाएर मृत्यु भएका लिम्बूलाई ३ वर्षको बोनस र बीमाङ्क १ लाख रुपैयाँ केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विक र केराबारी एजेन्सी प्रमुख शाहीले संयुक्त रुपमा सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
एकता सामुदायिक वन समुह केराबारी १० को कार्यालय हेरालु रहेका उनको केही समय अघि मृत्यु भएको थियो । बीमा दाबी भुक्तानी कार्यक्रममा गाउँपालिका प्रवक्ता जंगराज खवासले बीमाले जोखिम मात्र नउठाई बीमित र आश्रित परिवारको भविष्य पनि सुरक्षित हुने भएकाले ठूलो राहत पूग्ने बताए । त्यस्तै सडक दुर्घटनामा मृत्यु भएका माइकल राईका आफन्त किशोर राईले मृत्यु बीमा दाबी भुक्तानी सहज र सरल रुपमा पाउँदा खुसी लागेको बताउदै यसले थप विश्वसनीयता बढाउने भन्दै धन्यवाद दिएका थिए । दाबी भूक्तानी कार्यक्रममा गाउँपालिकाका प्रवक्ता जंगराज खवास, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विक, इलाका प्रहरी कार्यालय केराबारीका इनचार्ज शेरबहादुर पराजुली, एकता सामुदायिक वन समुहका अध्यक्ष घनश्याम पौड्याल, शुभखानेपानी उपभोक्ता समितिका व्यवस्थापक मनबहादुर बराइली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।