इटहरी: सुनसरीको इटहरी क्षेत्रमा सक्रिय गैरसरकारी सँस्था लोकतन्त्र र न्यायका लागि आमा समूहले सो उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित निःसहाय बालबालिका सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

सो सँस्थाले आश्रममा आश्रित अभिभावकविहीन बालबालिकाहरुका लागि एक क्विन्टल चामल, १० किलो दाल, १० किलो चिउरा, एक कार्टुन तेल, १० किलो नुन, १५ प्याकेट स्यार्लेक्स र केही कपडाहरु वितरण गरेको सँस्थाकी सँस्थापक अध्यक्ष कमला खड्काले जानकारी दिइन् । सँस्थाले आज एक कार्यक्रमका बीच आश्रमकी सञ्चालक गीता गौतमलाई हस्तान्तरण गरेको खड्काले बताइन् । सामग्री हस्तान्तरणका लागि आयोजित कार्यक्रममा सँस्थाकी निवर्तनमान अध्यक्ष विष्णुमाया गुरुङ, सचिव दमन्ता कार्की, सहसचिव सुष्मा कार्की लगायतको उपस्थिति थियो ।

f3 f2