इटहरीः ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासहित नौ स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

ताप्लेजुङबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले विभिन्न संघ सँस्थाहरुबाट काठमाडौँमा संकलन गरी ती सामग्रीहरु ताप्लेजुङ पठाएका हुन् । ताप्लेजुङ जिल्ला समन्वय परिषद्मार्फत् भट्टराईले सामग्री वितरण गरेका छन् । अक्सिजन कन्सन्टेटर १० लि. २० थान, चश्मा २०० थान, सेनिटाईजर १५० लिटर, सेनिटाईजर सानो ५० पिस, फेस माक्स १०० ब्याग, अक्सिमिटर १० पिस, पिपिई पुनः प्रयोग गर्न मिल्ने १०० पिस, माक्स २७० प्याकेट, डिस्पोजल पिपिई ५० पिस, फेस सिल्ड २०० पिसका दरले र जिल्ला अस्पताललाई पिपिई १५५ पिस र पिपिई राम्रो ३३ सेट र पिपिई सुज कभर ३०० थान गरी लगभग ५० लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको भट्टराईका निजी सचिव प्रेम गुरागाइँले जानकारी दिए ।

yb3 yb1