इटहरीः धनकुटाको चौबीसे गाउँपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नागरिकका परिवारलाई मृत्यु सँस्कार खर्च उपलब्ध गराउन थालेको छ ।
गाउँपालिकाले कोरोनाका कारण ज्यान गुमाउने हरेक व्यक्तिका परिवारलाई ३० हजार रुपैयाँ मृत्यु सँस्कार खर्च उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । उनका अनुसार गाउँपालिकाले कोरोनाकै कारण ज्यान गुमाएका उदयबहादुर चेम्जोङ र चित्रकुमारी राईको परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले मृत्यु सँस्कार खर्च उपलब्ध गराएको छ । मृतकको घरमै पुगेर रकम हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।