इटहरीः सुनसरीको धरान ११ स्थित नगरकोटबाट प्रतिबन्धित औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरानको नगरकोटमै डेरा गरी बस्ने २० वर्षीय सत्यम दास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिउँसो १२ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाई राखेको प्रतिबन्धित औषधि सिटाडोल ५० तीन सय ९० क्याप्सुल र स्पास्पेन तीन सय ९० क्याप्सुल फेला पारेको थियो । पक्राउ परेका दासउपर आवश्यक कारबाहीका लागि सुनसरी जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।