धरानः सुनसरीको धरान १५ बगरकोटमा पत्रकार सम्मेलन गर्दै गायिका उर्मिला राईको ‘फूल होस् त्यहाँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

धरान १५ पुल पारीको भिन्टेज होटलमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले उक्त भिडियो सार्वजनिक गरेका हुन् । हेम विश्वकर्माको शब्द संगीत रहेको उक्त गीत हेम सुब्बाले संगीत संयोजन गरेका हुन् । गीतकारका विश्वकर्माका अनुसार गीत संगीत प्रति रुचि हुँदै १२ वर्षअघि लेखेर उक्त गीत निर्माण गरिएको थियो । भावनामा डुबेर लेखिएको गीत एक पटक ध्यान दिएर हेर्दा साँच्चै प्रकृतिको आभास हुने गीतकार विश्वकर्माले बताएका छन् ।

करिब दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त म्युजिक भिडियो सुनसरी क्षेत्रभित्र सुटिङ गरिएको हो । भिडियोको निर्देशन राजन क्षेत्रीले गरेका हुन् भने उक्त भिडियोमा स्थानीय कलाकार करिस्मा क्षेत्रीको अभिनय रहेको छ । ग्लोरी मिडियाको प्रस्तुतिमा निर्माण भएको भिडियो गायिका उर्मिला राईकै च्यानलमा अपलोड गरिएको छ ।