कोरिना भाइरसविरुद्धको दुवै डोज खोपले सङ्क्रमणका कारण हुने मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्छ ।
भारत सरकारले दिएको जानकारीअनुसार दुबै डोज लगाएकामा सङ्क्रमणका कारण हुने मृत्युबाट ९८ प्रतिशतसम्म बचाउने तथा खोपले एकमात्र डोजले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्न सक्छ । भारतीय सरकारको थिङ्क ट्याङ्क संस्था एनआईटीआईका निर्देशक भिके पलले नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च, चन्डीगढले पञ्जाबको स्थानीय सरकारको सहयोगमा पञ्जावका प्रहरीमा गरिएको एक अध्ययनबाट दुई डोज खोप लगाएकामा मृत्युको जोखिम ९८ प्रतिशत र एक डोज लगाएकामा मृत्युको जोखिम ९२ प्रतिशत कम रहेको देखिएको हो ।
पञ्जावमा कोभिडको खोप नलगाएका, एक डोजमात्र खोप लगाएका र दुबै डोज खोप लगाएका प्रहरीमा सो अनुसन्धान गरिएको थियो । खोप नलगाएका चार हजार आठ सय ६८ प्रहरीमध्ये १५ जना (प्रति हजार ३.०५)को मृत्यु भएको थियो । खोपको पहिलो डोज लगाएका ३५ हजार पाँच सय ५६ जनामध्ये नौ जना (प्रति हजार ०.२५) र दुबै डोज खोप लगाएका ४२ हजार सात सय २० जना (प्रति हजार ०.०५) को सङ्क्रमणको कारण मृत्यु भएको थियो । खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्युदर निकै कम रहेको अध्ययले देखाएको छ । कोरोनाविरुद्धको खोपले सङ्क्रमण गम्भीर हुन नदिनुका साथै मृत्युबाट बचाउन निकै प्रभावकारी रूपमा काम गर्ने देखिएको पलले बताएका छन् । -हिन्वाबाट