इटहरीः ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ स्थित पुल्चोकमा रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुँवर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो २ः०० बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज परिवर्तन गर्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । घटना सम्बन्धमा अस्थायी प्रहरी चौकी खाम्दिम्बे र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।