धरानः सुनसरीको धरानस्थित युएन नवोदय कलेज कक्षा–११÷१२ मा थप ३ विषयमा अध्ययन अध्यापन हुने भएको छ ।
कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै यसै शैक्षिक सत्रदेखि कक्षा–११ विज्ञान, कम्युटर र खाद्य प्रविधि तथा पोषण विषय अध्यापन गराउने जानकारी दिएको छ । कलेजले दक्ष जनशक्ति र सुविधासम्पन्न प्रयोगशाला व्यवस्थापन गरी कक्षा सञ्चालन गर्न लागेको बताएको हो । कलेजका प्रध्यानाध्यापक डम्बरकुमार तुम्बाफोले व्यवस्थापन र होटल व्यवस्थापनमा सफलतापछि अन्य तीन विषय थप गरेको बताए । उनले धरानको शैक्षिक हब बनाउने नारालाई साकार बनाउन कलेजले योगदान गर्दै आएको बताए ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले विद्यार्थीको सिकाइका लागि उपयुक्त वातावरण बनाएर सुरु गरिएको बताए । उनले दक्ष जनशक्ति उतपादन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सञ्चालन गरेको बताए । कलेजले विज्ञान विषयको संयोजकमा आकाश अधिकारी र सह संयोजकमा विद्याभुषण गुप्तालाई राखेको हो । युएन विगतमा होटल व्यवस्थापन र व्यवस्थापन विषयमा अध्यापन गर्दै आएको थियो । प्रधायानाध्यापक तुम्बफोले होटल व्यवस्थापन विषयमा निरन्तर प्रदेशस्तरमा प्रथम, दृतीय र तृतीय हुँदै आएको बताए ।