इटहरीः मोरङको केराबारी गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी गाउँपालिका–३ हचुवा बस्ने देवेन्द्र श्रेष्ठका ६ वर्षीय छोरा निवासुन श्रेष्ठ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कर्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार बिहान ७ बजे खेत जोत्न आएको ट्र्याक्टरको ठक्करबाट निवासुनको घटनास्थलमै ज्यान गएको हो । बालकलाई ठक्कर दिने ट्र्याक्टरका चालक र चालक सोही स्थानका २९ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चालक श्रेष्ठ इलाका प्रहरी कार्यालय केराबारीको हिरासतमा रहेका छन् ।