इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ७ निवासी भेटेरिनरी प्राविधिक राम कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
नेपाल सरकारको भेटेरिनगरी प्राविधिकका रुपमा कार्यरत कार्कीलाई कोरोना संक्रमण भएपछि उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको हिजो मध्यराति १२ः०० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भोजपुरको साविक च्याङ्ग्रे गाविस २ सानो प्याक्ला अर्थात् हालको पौवादुङ्मा गाउँपालिका ३ मा जन्मिएका कार्की लामो समयदेखि स्थायी रुपमा इटहरीमै बसी सरकारी सेवा सक्रिय रहेका थिए । यसैबीच, कार्कीको निधनमा पशुपंक्षी औषधि व्यवसायी संघ कोसी शाखाले शोक व्यक्त गरेको छ ।