इटहरीः मोरङको विराटनगरमा सञ्चालित शान्ति युवा क्लबले सोही महानगरपालिका १३ स्थित नहरछेउमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो सम्पन्न वृक्षारोपणका क्रममा सो क्षेत्रमा विभिन्न प्रजातिका ५० ओटा विरुवा रोपिएको क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिए । उनका अनुसार विकास निर्माणका गतिविधि सञ्चालन गर्ने क्रममा दिन प्रतिदिन बोटविरुवा विनाश भइरहेकाले भविष्यमा शहर उजाड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै क्लबले वृक्षारोपण गरेको हो । स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारको उपभोगका लागि पनि हराभरा प्रकृति आवश्यक रहेकाले बोटविरुवाको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा रोहन झा, विवेक मेहता, प्रभात चौधरी, कुन्दन शाह लगायतका टिम सदस्यहरु उपस्थिति थिए ।

tp2