गत वर्षको मार्चदेखि स्कुलहरू बन्द हुन थाले । जसपश्चात् १४ वर्षीय म्याकेन्जी स्वान्सिया आफ्नो घरको बगैंचामा बसेर क्यानभासहरू रंगाउन थालिन् ।

लकडाउनको समयदेखि पेन्टिङ सुरु गर्न थालेकी १४ वर्षीय किशोरी स्वान्सियाको कला अब लण्डनको प्रतिष्ठित आर्ट ग्यालरीमा प्रदर्शन गरिने भएको छ । स्वान्सियाले कोरेको आफ्ना छिमेकी गोवेर फार्मर र जोन टकरको पोट्रेटहरू १३ जुलाई देखि ८ अगस्टसम्म प्रदर्शनीमा राखिने छन् । लण्डनको विशोप्स्टोन कम्प्रिहेन्सिभ स्कुलकी विद्यार्थी विम्याकेन्जी भन्छिन्, “मेरो हातमा केही खाली समय थियो र मेरी आमा पेन्टिङ गर्न रुचाउनुहुन्थ्यो । त्यसैले हामीसँग रङ, ब्रसहरू र क्यानभासहरू थिए । मैले सोचेँ किन प्रयास नगर्ने त त्यहीबाट सुरु भयो ।” रचानात्मक कामहरू गर्न रुचाउने म्याकेन्जीले पेन्टिङ कोरेको भने त्यही पहिलो पटक हो । “मलाई रचनात्मक काम गर्न सधैँ मन पथ्र्यो तर त्यो समयभन्दा अगाडिसम्म मैले कहिले पनि पेन्टिङ गरेको थिइन । यी नै मेरा पहिलो पेन्टिङहरू हुन् ।” म्याकेन्जीले फोटो हेरेर पोट्रेट उतारेकी हुन् । उनी पहिला मान्छेको फोटो आफैँ खिच्ने गर्छिन् र त्यसैलाई हेरेर पेन्टिङमा उतार्छिन् ।

art2

 

व्यवसायिक चित्रकार नभएकाले उनलाई एउटा पोट्रेट तयार पार्न निकै समय लाग्थ्यो । म्याकेन्जीका अनुसार छिमेकी जोनको पोट्रेट बनाउन उनलाई करिब २० घण्टा लाग्यो त्यो पनि तीन हप्ताको समयावधिमा । “मैले यो पोट्रेट बनाउने निर्णय लिँदा म निकै व्यस्त थिएँ । म स्कुल सुरु हुनअघिको समय, स्कुल सकिसकेपछिको समय यस्तैयस्तै समय मिलाएर बनाएको थिएँ । मैले अलि लामो समय लिएर यो पोट्रेट बनाइन्,” उनले बताइन् । आफ्नो पोट्रेट हेरेर जोन निकै उत्साहित सुनिए, “मैले तयारी फोटो हेर्दा यस्तो राम्रो देख्छु भनेर सोचेकै थिइन् । यो एकदम राम्रो छ । यो फोटो जस्तै देखिन्छ । मेरो परिवारले पनि यो पोट्रेट ठ्याक्कै मै जस्तो छ भने ।” यति कम समयमा नै म्याकेन्जी निकै प्रतिभाशाली भएको जोन बताउछन् ।

art3

म्याकेन्जीको स्कुलले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा सेयर गरेको उनले कोरेका पोट्रेटहरूले पनि हजारौ लाइक पाइरहेको छ । सामाजिक सञ्जालमार्फत् विश्वभरिका मानिसहरूको माया अनि राम्रो प्रतिक्रिया पाउँदा म्याकेन्जी निकै खुसी छिन् । उनले कोरेको जोनको पोट्रेट रोयल एकेडेमीमा प्रतिस्पर्धामा जाँदैछ । उनका लागि यो उनको पहिलो पेन्टिङ हो, जुन यसरी प्रतियोगीतामा जाँदैछ । हक्की खेलामा आफ्नो भविष्य बनाउन खोजिरहेकी उनलाई स्कुल सुरु भएपछि पेन्टिङका लागि त्यति समय मिल्दैन । त्यसैले आफू भविष्यमा यो नै गर्छु भन्ने निक्र्यौलमा नपुगेको म्याकेन्जी बताउछिन् । -बीबीसीबाट