इटहरीः सुनसरीका विभिन्न पाँच स्थानीय तहहरुले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो लगाउने अभियान सुरु गर्ने भएका छन् ।

जिल्लाका इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, दुहबी नगरपालिका, वराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकामा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार पाँच ओटै स्थानीय तहहरुमा असार २२,२३,२७ र २८ गते खोप अभियान सञ्चालन हुनेछ । धरानमा स्वास्थ्य चौकी धरान तथा शहरी स्वास्थ्य केन्द्र धरान १५ र १७ मा खोप लगाइनेछ ।

यसैगरी, इटहरीमा इटहरी अस्पताल र खनार, पकली र हाँसपोसामा रहेका स्वास्थ्य चौकीहरुमा खोप लगाइनेछ । यसैगरी, दुहबीमा नगर अस्पताल दुहबी, स्वास्थ्य चौकी तनमुना र लुनकरणदास अस्पतालमा खोप लगाइनेछ । यसैगरी, वराहक्षेत्रमा चतरा र मधुवनमा रहेका प्राथमिक स्वास्थ्य चौकी र महेन्द्रनगर, प्रकाशपुर तथा भरौलस्थित स्वास्थ्य चौकीहरुमा खोप लगाइनेछ । यसैगरी, इनरुवामा इनरुवा र चाँदबेला स्वास्थ्य चौकीमा खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

khop abhiyan