इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी निषेधाज्ञाका कारण विभिन्न संघ सँस्थाहरुले रत्तादान नगर्दा पछिल्लो समय स्वास्थ्य सँस्थाहरुमा रगतको अभाव हँुदै आएको छ ।

यसैबीच रगतको अभावलाई परिपूर्ति गर्न सुनसरीको इटहरीमा समाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ इटहरीले इटहरीको बीपी चौकमा अयोजना गरेको रक्तदान कार्यक्रममा ४७ पुरुष र ७ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैको उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले रक्तदान गरिएको लायन्स क्लब अफ इटहरीका प्रतिनिधि खगेन्द्र विमलीले जानकारी दिए ।