इटहरीः उदयपुरको बेलका नगरपालिका २ रामनगरमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएका ४० वर्षीय कमल यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गएराति १०ः३० बजे गाउँ छिरेको एउटा जंगली हात्तीले यादवलाई घरबाहिर निस्केको बेलामा लछारपछार गरेपछि घटनास्थलमै उको ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरी र स्थानीयवासीले आक्रमण गर्ने हात्तीलाई जङ्गलतर्फ पठाएको प्रहरीले जनाएको छ ।