इटहरीः झापाको कमल गाँउपालिका ३ स्थित पूर्व–पश्चिम मुख्यराजमार्गको केर्खा बजारबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचिनगर १५ का २० वर्षीय सुवास मेचे र सोही नगरपालिका १० का २५ वर्षीय सुरज लामिछाने रहेका छन् । हिजो अपराहन्न ३ः३० बजे टेम्पु चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर ८८ ग्राम सहित उनीहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए ।
पक्राउ परेका अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।