इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका १४ घर भएका ४९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ५ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा गएराति ९ः४५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै पनि दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।