चितवनः निरन्तरको वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज (बिहीबार) बिहानदेखि सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार अविरल वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा जारी रहेका कारण अहिले पनि पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहानका राति २ः१० बजेतिर खसेको थापाले बताए । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । -रासस