धरानः सुनसरीको धरानमा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस लगायतका गठबन्धन दलका भातृ विद्यार्थी संगठनहरुले संयुक्त रूपमा प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध नारा जुलुससहित विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले अहिले मूल्यवृद्धि गरिएका पेट्रोल तथा अन्य खाद्यान्नको मुल्य घटाउन तथा कालोबजारी रोक्न माग गरेका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिविरुद्ध पनि विद्यार्थीहरुले आवाज उठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले दमन गरेको भन्दै केही बेर स्थिति तनावग्रस्त भएको थियो । अन्त्यमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको विरोध प्रदर्शनमा प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिई विरोध कार्यक्रम चल्न दिएको विद्यार्थी नेताहरुले बताएका छन् ।

IMG20210630172739 IMG20210630172636