इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान १५ घर भएकी ३९ वर्षीया महिला र सोही ठाउँकी ६३ वर्षीया ज्येष्ठ नागरिक महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार ६३ वर्षीया महिलामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भई असार ६ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको आज बिहान २ः१० बजे ज्यान गएको हो । मृतक महिलामा लामो समयदेखि हाइपर्टेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, ३९ वर्षीया महिलामा असार ९ गते कोरोना संक्रमण पुष्टि भई ११ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको गएराति ९ः१० बजे ज्यान गएको हो । मृतक महिलामा लामो समयदेखि हाइपर्टेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।