लहानः सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्र्याक्टर चालक सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स १ त ३९७२ नम्बरको ट्र्याक्टर मङ्गलबार राति आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गोइतको घटनास्थलमै मृत्यु भएको हो । -रासस