खोप लगाएका मानिस कोरोना भाइरसको डेल्टा भेरियन्टबाट सङ्क्रमण हुनसक्ने बताइएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार पूर्ण रूपमा खोप लिइसकेको व्यक्तिमा समेत भाइरसको सम्पर्कमा आएमा सङ्क्रमित हुनसक्ने कम सम्भावना देखिएको छ । कोरोना भाइरसका केही भेरियन्टले केही व्यक्तिलाई पूर्ण खोप लगाएपछि पनि बिरामी बनाउन सक्ने सिडिसीका प्रवक्ता जेड फुलसले जनाएका हुन् ।

उनका अनुसार कोभिडका खोपहरू प्रभावकारी भए पनि कुनै पनि खोप सङ्क्रमण तथा रोगलाई रोक्न शतप्रतिशत प्रभावकारी छैनन् । र, दुबै डोज खोप लगाइसकेका केही अझै पनि बिरामी हुन सक्छन् । खोप नलगाएको मानिसको तुलनामा खोप लगाएपछि पनि सङ्क्रमण भइहालेमा सङ्क्रमण कम गम्भीर हुने वा उनीहरू छोटो समयका लागि मात्र बिरामी हुने बताइएको छ । त्यसकारण हालसम्म खोप लगाउन नपाएका मानिसहरूका लागि विशेषज्ञहरू चिन्तित छन् । -सीएनएनबाट