इटहरीः विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको रोटरी क्लब अफ इटहरीले आज एक कार्यक्रमबीच विद्यालयका बालबालिकाहरुलाई पोसाक वितरण गरेको छ ।

सुनसरीको इटहरी ४ स्थित बुढीगंगा आधारभूत विद्यालयका २५ जना बालबालिकाहरुलाई विद्यालयको पोसाक वितरण गरेकोे हो । सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुसार छनौटमा परेको विद्यालयहरुमध्ये यस विद्यालयमा आज विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको क्लबकी अध्यक्ष विजु श्रेष्ठले जानकारी दिइन् । गरीब तथा विपन्न बालाबालिकाहरुको पहिचान गरी अन्य विद्यालयहरुमा समेत विद्यालय पोसाक रोटरीले वितरण गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।