वैज्ञानिकहरूले मानिसको सासको परीक्षण गरेर कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउने फेस मास्क बनाएका छन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का वैज्ञानिकहरूले मास्कमा बायोसेन्सर लगाएका छन् जसले ९० मिनेटमा कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन सक्ने जनाइएको छ । मास्क लगाएको १५ देखि तीस मिनेटसम्म सास फेरेपछि सेन्सर बटन थिचेको ९० मिनेटपछि नतिजा आउने हुन्छ । हार्वर्डका वैज्ञानिक तथा लेखक पिटर न्युगुइनका अनुसार मास्कले भाइरसलाई फैलाउनबाट रोक्नुका साथै आफूमा भाइरस छ कि छैन भनेर पत्ता लगाउन मद्दत गर्छ । मास्कमा आइएन ए र डिएनए पत्ता लगाउनका लागि फ्रिजमा सुकाइएको कोशिकारहित प्रविधि उपयोग गरिएको छ । त्यसमा पानी पनि राखिएको छ र एउटा बटन थिचेर त्यो पानी बाहिर निस्कन्छ ।

पानी र फ्रिजमा सुकाइएको प्रविधिबीच अन्तक्र्रिया हुँदा उत्पन्न हुने रसायनिक प्रतिक्रियाले मास्कभित्र कोभिड पार्टिकल छ कि छैन भन्ने कुरा पत्ता लगाइदिने बताइएको छ । सोही प्रविधि इन्फ्लुएन्जा जस्तै अर्को रोगजनक पहिचान गर्न पनि प्रयोग गर्न सकिन्छ । उक्त प्रविधिले कोभिडका भेरियन्टहरूबीच पनि भिन्नता छुट्याउन सक्छ । साथै, उक्त प्रविधिलाई प्रयोगशालामा लगाइने कोट तथा मिलिटरीलगायत अन्य लुगामा पनि राख्न सकिने अनुसन्धाताले बताएका छन् । -बिजनेस इनसाइडरबाट