इटहरीः झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो अपराहन्न ३ः१५ बजे दमक–६ स्थित थाना रोडबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ वर्षीय विवेक लिम्वु र २२ वर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरी ल्याएको स्थान खुल्न आएसँगै इलामको चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र सावाँको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरि बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा विक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र साँवाको कोठाबाट ब्राउनसुगर २ ग्राम ३०० मिलिग्राम बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका चारै जनाउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।