इटहरीः इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई ६१ वटा घार वितरण गरेका हुन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । कृषक समूह र फर्महरुलाई मौरी पालन व्यवसायमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिइन् ।