इटहरीः सुनसरीको इटहरीस्थित इटहरी अस्पतालले नगर क्षेत्रमा कोराना संक्रमणको दरमा कमी नआएकाले सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ ।
असार ६ गतेदेखि १३ गतेसम्म एक साताको अवधिमा इटहरी उपमहानगरपालिका क्षेत्रभित्र पाँच जना कोरोना संक्रमितको ज्यान जानुका साथै औसत संक्रमण दर ५० प्रतिशत रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.योगेश चेम्जोङले जानकारी दिए । कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना गरिनुपर्ने उनको भनाइ छ ।