इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
हिजो बसेको प्रदेशसभा बैठकका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले आफ्ना सांसद मोहन खड्कालाई ‘तपाईँ भिजन भएको नेता होइन’ भन्दै व्यक्तिगत रुपमा गालीगलौज गरेको विरोधमा नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । संसदीय मर्यादाविपरीत व्यक्तिगत रुपमा गालीगलौज गर्ने मन्त्री गुरुङले क्षमायाचना गर्नुपर्ने र उनको अभिव्यक्ति प्रदेशसभाको अभिलेखबाट हटाइनुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभाको अर्को बैठक भोलि बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।