इटहरीः उदयपुरको बेलका नगरपालिका ८ स्थित कोठुबाट १ किलो अवैध लागूऔषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ की १९ वर्षीया सुजाता मग्राति रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजा अपराहन्न ४ बजे अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातिको जेब्रा झोला जाँच गर्दा झोलामा लुकाई ल्याएको लागूऔषध गाँजा १ किलो बरामद गरेको हो ।
अभियुक्त मग्रातिलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउनका लागि अनुसन्धान अगाडि बढाइएको १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।