इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान १८ का ८४ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ८ गते कोरोना संक्रमण पुष्टि भई ९ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको आज बिहान १२ः३० बजे ज्यान गएको हो । मृतक पुरुषमा हाइपर्टेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।