इटहरीः संखुवासभामा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे घर भएका ६५ वर्षीय लीलाबहादुर कटुवाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार शनिबार बेलुका ६ः३० बजे घरनजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर कट्वाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ वानास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।