इटहरीः झापाको गौरादह नगरपालिका ४ मैदानघुपामा पैनीमा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार आफ्नै घर अगाडिको पैनीमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकलाई उपचारार्थ गौरादहस्थित ममता मेडिकल पुर्याइएकोमा उपचारका क्रममा उनको ज्यान गएको हो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट परिचालित प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।