इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीकै रामधुनी नगरपालिका ७ घर भएका ३६ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ३ गते कोरोना संक्रमण पुष्टि भई ४ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा गएराति ९ः१५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।