इटहरीः झापाको अर्जुनधारा नगरपालिका १ साधुटार–होक्से सडकखण्डस्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव फेला परेको भएपनि हालसम्म पहिचान भने खुल्न नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महन्द्रकुमार श्रेष्ठका अनुसार खोलाको बगरमा अर्धनग्न अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै परिचालित प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको एसपी श्रेष्ठले बताए । मृतकको कम्मरमा डोरी बाँधिएको अवस्थामा शव भेटिएकाले खोलाले बगाएर ल्याएको हुनसक्ने स्थानीयको आशंका रहेको छ ।