इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीकै वराहक्षेत्र नगरपालिका १२ घर भएकी ७५ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ २७ गते कोरोना संक्रमण पुष्टि भई असार ७ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकी महिलाको आज बिहान १२ः५० बजे ज्यान गएको हो । मृतक महिलामा कुनै प्रकारको दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।