इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित कोसी राजमार्गमा कारले ठक्कर दिँदा गएराति एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी ११ घर भएकी ५२ वर्षीया गंगा ढकाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको बा १० च ५५७३ नम्बरको कारले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ढकाललाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल लगिएकोमा उपचारका क्रममा राति १०ः२० बजे उनको ज्यान गएको हो । दुर्घटना गराउने कारका चालक फरार रहेकोमा उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।