इटहरीः रोटरी क्लब अफ इटहरीले उद्योग वाणिज्य संघ इटहरीले सञ्चालन गरेको आइसोलेसन सेन्टर र इटहरी अस्पतलालाई अक्सिजन सिलिन्डर र अस्पतालका लागि आवश्यक बेड सहयोग गरेको छ ।

सामाजिक कार्यमा सक्रिय रोटरी क्लबले एक कार्यक्रमका बीच ती सामग्री इटहरी अस्पताल र संघले पिपुल्स कलेजमा नै पुगेर हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरपालिका १० मा सञ्चालनमा रहेको आइसोलेसनमा क्लबले ७ वटा अक्सिजन सिलिन्डर वितरण गरेको क्लबकी अध्यक्ष विन्जु श्रेष्ठले जानकारी दिइन् । यस्तै इटहरी अस्पताललाई उपमहानगरकी उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा ४ वटा बेड हस्तान्तरण गरिएको बताइन् ।

रोटरी क्लबमा आबद्ध भएका सदस्यहरुबाट आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सहयोग जुटाएर अस्पताल र आइसोलेसनमा ती सामग्री हस्तान्तरण गरेको उनको भनाइ छ ।