इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ घर भएकी ४३ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । असार १० गते कोरोना पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा सोही दिन दिउँसो २ः१५ बजे ज्यान गएको हो । मृतक महिला मधुमेह र हाइपर्टेन्सन नामक मानसिक समस्याबाट लामो समयदेखि पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।