इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट सशस्त्र प्रहरी बलको गस्ति टोलीले अवैध लागूऔषध खैरो हेरोइन र नाइट्राभेट तथा स्पास्मोप्रोक्सिभनसहित एक भारतीय नागरिकलाई हिजो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको अररिया जिल्लास्थित भवानीपुर घर भई विराटनगर महानगरपालिका–१२ बखरीमा डेरा गरी बस्ने १८ वर्षीय करन कामत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार पक्राउ परेका अभियुक्त रायलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको छ ।
अभियुक्तका साथबाट तीन ग्राम चार सय मिलिग्राम ब्राउनसुगर र नाइट्राभेट तथा स्पास्मोप्रोक्सिभन ट्याब्लेट बरामद भएको छ । यसका साथै अभियुक्तका साथबाट एक हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।