इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कृषि क्षेत्रमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषिको विकासबाट रोजगारी सृजना र कृषिको व्यवसायीकरणका लागि कृषि तथा पशु विकासको कार्यक्रमलाई प्रभावकारी बनाउन रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । उपमेयर लक्ष्मी गौतमले आगामी आर्थिक वर्षको बजेट आज नगरसभामा प्रस्तुत गरेकी हुन् ।