इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते अपराहन्न ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान २०७२ को धारा ९३ को उपधारा (१) अनुसार अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा अधिवेशन आह्वान गरेकी हुन् ।