इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कुल बजेटमध्ये संघीय समानीकरण अनुदान रु. ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदान रु. ४३ करोड ७० लाख, संघीय समपुरक अनुदान रु. २ करोड २९ लाख, संघीय विशेष अनुदान रु. ३ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान रु.१ करोड ९९ लाख, प्रदेश ससर्त अनुदान रु.१ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान रु.१ करोड संघीय राजश्व बाडफाँड रु. १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) रु. २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन रु. ३२ करोड आन्तरिक श्रोतबाट रु. ४१ करोड, मर्मत संभार कोषबाट रु.१ करोड २० लाख, धरौटी खाता सापटी रु. ४ करोड, ऋण प्राप्त गर्ने रु. ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट रु. २९ करोड नगद मौज्दातबाट व्यहोरिने उपमहानगरपालिकाले जनाएको छ । बजेटले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरी, स्वास्थ्य शिक्षा, कृषि पशु विकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायत पनि बजेटको प्राथमिकतामा परेका छन् ।