इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी नगरपालिका ७ घर भएका ७२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा हिजो मध्यराति १२ बजे ज्यान गएको हो । मृतक पुरुषमा मधुमेह र हाइपरटेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।